ब्रेकिङ न्युज

विप्लव नेकपाद्वारा सोलुखुम्बुमा चौकी आक्रमण

नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले साेलुखुम्बुमा प्रहरी चौकी आक्रमण गरेको छ।

नेकपाका कार्यकर्ताले आइतबार मध्यराति सोलुखुम्बुको प्रहरी चौकी कब्जाका लागि आक्रमण गरेका हुन्।

सोलुखुम्बुको महाकुलुङ गाउँपालिका ३ छेस्काममा रहेको प्रहरी चौकी कब्जा गर्न गएका विप्लव कार्यकर्ता चौकी रित्तै भेटेपछि फर्किएका थिए।

मध्यराति २५–३० जनाको समूह चौकी पुगेको थियो। तर प्रहरीले पूर्वसूचना अनुसार हतियार सहित सुरक्षित स्थानमा गएकाले कब्जाको रणनीति असफल भएको हो।

About the author
नेपालब्रिटेन डट कम्

नेपालब्रिटेन डट कम्