६ श्रावण २०८३, बुधबार
Follow Us

धारिलो हतियार प्रहार गरी ६० वर्षीया वृद्धाको हत्या

nepalbritain news
१६ असार २०७६, सोमबार ०१:५८

भक्तपुर । चाँगुनारायण नगरपालिका-७ बस्ने सिन्धुपाल्चोक बाँडेगाउँ घर भएकी ६० वर्षीया सावित्री भट्टराईको धारिलो हतियार प्रहारबाट आइतबार मृत्यु भएको छ।

घरमा एक्लै भएको अवस्थामा अपरिचित व्यक्तिले धारिलो हतियारले घाँटीमा प्रहार गर्दा भट्टराईको घटनास्थलमै मृत्यु भएको हो।

धारिलो हतियार प्रहारपश्चात फरार रहेको व्यक्तिको प्रहरीले खोजी गर्नुका साथै यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ।
डिसी नेपाल

धेरै पढिएको