८ आश्विन २०८२, बुधबार
Follow Us

बेपत्ता बालक मृत फेला

nepalbritain news
३० असार २०७६, सोमबार ०२:०९

फिदिम । शुक्रबार खोलाले बगाएर बेपत्ता भएका नौ वर्षीय बालकको आज शव फेला परेको छ।

जिल्ला प्रहरी कार्यालय पाँचथरका अनुसार पाँचथरको मिक्लाजुङ गाउँपालिका–४ का लोकबहादुर राईका नौ वर्षीय छोरा दिवनको शव आज दिउँसो फेला परेको हो।

मिक्लाजुङ गाउँपालिका–४ रविको होलिचाइल्ड स्कुलमा कक्षा ४ मा अध्ययनरत राईलाई घरबाट विद्यालय जाने क्रममा बाटोमा रहेको नुवा खोलाले बगाएको थियो।

उनको शव बाटोबाट करीब पाँच किलोमिटर तल फेला परेको जिल्ला प्रहरी कार्यालय पाँचथरका प्रहरी निरीक्षक अनिलकुमार पौडेलले जानकारी दिए।
रासस

धेरै पढिएको