८ आश्विन २०८२, बुधबार
Follow Us

मौसम पूर्वानुमान महाशाखाको सूचना जनस्तरसम्म पुर्याउनुपर्छ : मन्त्री पुन

nepalbritain news
३० असार २०७६, सोमबार ०२:३६

काठमाडौं । उर्जा, जलस्रोत तथा सिंचाई मन्त्री वर्षमान पुनले जल तथा मौसम पूर्वानुमान महाशाखाको पूर्वानुमानको सूचना जनस्तर सम्म पुर्याउनुपर्ने बताएका छन्।

जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाको निरिक्षण गर्दै मन्त्री पुनले पूर्वानुमानको सुचनालाइ विश्वासिलो बनाउदै जनस्तर सम्म लैजानु पर्ने बताएका हुन्। महाशाखाको नव निर्मित भवनमा रहेको मौसम पूर्वानुमान कन्ट्रोल कक्षको निरीक्षण गर्दै मन्त्री पुनले पूर्वानुमान शाखालाई अत्याधुनिक प्रविधि सहित विश्वासिलो र भरपर्दो बनाउन सरकारले सहयोग गर्ने पनि बताए।

मन्त्री पुनले जनतामा पूर्वानुमान महाशाखाले दिने सूचना भरपर्दो नहुने भन्ने मानसिकता रहेको भन्दै सूचनाहरु छिटो र भरपर्दो रुपमा जनतामा पुर्याउन विभागले काम गर्नुपर्ने बताए। पछिल्लो समय पूर्वानुमान महाशाखाको सूचनाले धेरै जन धनको क्षति हुन बचाएको भन्दै सूचना प्रवाहमा सबैले सहयोग गर्नुपर्ने बताए।

नेपालको मनसुन असारको मध्यबाट मनसुन सक्रिय भइ साउन लागे पछि अधिक वर्षा हुने गर्दथ्यो तर यो वर्ष असारमा नै अत्याधिक वर्षा भएर ठुलो जनधनको क्षति भइ सकेको छ।

पुर्वानुमान महाशाखाले देशको पूर्वी र मध्य क्षेत्रमा सतर्कता अपनाउन सूचना पनि जारी गरिसकेको छ। पछिल्लो केहि महिना यता मौसम पूर्वानुमान महाशाखाले आगामी ३ दिनको मौसम पूर्वानुमानको सूचना दिन थालेको छ। साथै सूचना भरपर्दो हुन थालेको छ।
डिसी नेपाल

धेरै पढिएको