मुख्य समाचार

बिहे गर्न नमानेपछि हत्या

काठमाडौं–१२ वर्षअघि हत्या गरी फरार रहेका काभ्रे आम्बोटेका राजेश लामालाई प्रहरीले पक्राउ गरेको छ।

१२ वर्ष अघि मकवानपुरकी सुनिता लामालाई ललितपुरको ईमाडोलमा विभत्स हत्या गरी फरार लामालाई प्रहरीले गत साउन १० गते ललितपुरस्थित सानेपाबाट पक्राउ गरेको हो ।
नेपाल प्रहरीको केन्द्रिय अनुसन्धान व्यूरोले अनुसन्धानको क्रममा सुनिता लामाको हत्यामा संलग्न राजेशलाई १२ वर्षपछि पक्राउ गरिएको आइतबार पत्रकार सम्मेलन गरी जानकारी गराएको हो ।

व्यूरोका निर्देशक डिआईजी निरजबहादुर शाहीले पक्राउ परेका लामाले आफूसँग विवाहका लागि टिकाटालो समेत गरेकी सुनिताले अन्तिममा आएर विवाह नगर्ने भनेपछि आफूले हत्या गरेको बयान दिएको जानकारी दिए ।
विवाह हुने मितिभन्दा अघिल्लो दिन २०६४ साल मंसीर २७ गते विवाह नगर्ने जवाफ सुनिताबाट आएपछि राजेशले आफूलाई बेइज्जत भएको महसुश गरी हत्या गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुल्न आएको छ ।

About the author
नेपालब्रिटेन डट कम्

नेपालब्रिटेन डट कम्