७ आश्विन २०८२, मंगलवार
Follow Us

विप्लवका महोत्तरी इन्चार्ज पक्राउ

nepalbritain news
१७ भाद्र २०७६, मंगलवार १२:२९

बर्दिबास : नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपाका जिल्ला इन्चार्ज पक्राउ परेका छन्। ‘रुक’ उपनामले चिनिने रुपेशबहादुर कार्कीलाई प्रहरीले महोत्तरीको बर्दिबासबाट पक्राउ गरेको हो।

पूर्व– पश्चिम राजमार्ग अन्तर्गत महोत्तरीको बर्दिबास  १ रातु पुलबाट प्रहरीले उनलाई पक्राउ गरेको इलाका प्रहरी कार्यालय बर्दिबासका डीएसपी निशान थापाले जनकारी दिए।

मोटरसाइकलमा सवार कार्कीको साथबाट दलित मुक्ति मोर्चाको सदस्यता नवीकरण फारमहरू बरामद गरिएको प्रहरीले जनाएको छ।

बर्दिबास क्षेत्रमा बम राखेर आतंक फैलाएको आरोपमा प्रहरीले उनीमाथि मुद्धा चलाउने तयारी गरेको छ।

जिल्ला अदालत महोत्तरीबाट म्याद लिएर इन्चार्ज कार्कीमाथि थप अनुसन्धान थालिएको प्रहरीले जनाएको छ।

अन्नपूर्ण पोष्ट

धेरै पढिएको