ब्रेकिङ न्युज
केन्द्रीय मापदण्ड अनुरुप एनआरएनए युकेले छान्यो प्रतिनिधि, कुमार पन्त की कुल आचार्यको पोल्टामा ?
लण्डन । गैर आवासीय नेपाली संघ (एनआरएनए) युकेले केन्द्रीय मापदण्ड अनुरुप २४० प्रतिनिधि छनौट गरेको छ । गैरआवासीय नेपाली संघ युकेका महासचिव फडिन्द्र भट्टराईका अनुसार कार्यसमितिको बैठक र पदाधिकारी बैठक पछि मंगलवार साँझ केन्द्रीय प्रतिनिधिहरुको नामावली सार्वजानिक गरिएको हो ।
गैरआवासीय नेपाली संघले सबै एनसिसीहरुलाई ३० तारिखसम्म केन्द्रीय प्रतिनिधि छनौट गरि पठाउन निर्देशन दिए बमोजिम एनआरएन युकेले आजै प्रतिनिधीको नाम केन्द्रमा पठाएको छ ।
महासचिव भट्टराईका अनुसार १७५ जना केन्द्रीय मापदण्ड अनुरुप चयन भएका छन् । १३ हजार ६ भन्दा बढी साधारण सदस्य रहेको एनआरएन युकेका करिब ४ सय जनाले केन्द्रीय प्रतिनिधी हुनको लागि आवेदन दिएका थिए ।
संघको नवौ विश्व सम्मेलन आगामी अक्टोवर १५ देखि १७ तारिखसम्म काठमाडौंमा हुँदैछ । सम्मेलनलाई राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीले सम्वोधन गर्न कार्यक्रमतय भएको छ । संघको नयाँ नेतृत्वको समेत चयन हुने सो अधिवेशनको लागि वर्तमान उपाध्यक्षद्धय कुमार पन्त र कुल आचार्यले उम्मेदवारी घोषणा गरेका छन् ।
वेलायतबाट छानिएका प्रतिनिधी कस्को पक्षमा ? मतदान गरौं !!
गैरआवासीय नेपाली संघ (एनआरएनए) वेलायतको विज्ञप्ति
गैरआवासीय नेपाली संघ (एनआरएनए) को अक्टोवर १५ देखी १७ सम्म हुने विश्व सम्मेलनको तयारी तिब्र रुपमा भैरहेको सर्वविधितनै छ । गैरआवासीय नेपाली संघ (एनआरएनए) को निर्देशन अनुरुप सो सम्मेलनमा भाग लिन जान चाहाने गैरआवासीय नेपाली संघ वेलायतका प्रतिनिधीहरु निम्मानुसार चयन गरिएको जानकारी गराइन्छ । एनआरएनए युकेको बैठक तथा पदाधिकारी बिचको छलफल पछि गैरआवासीय नेपाली संघ (एनआरएनए) ले तोकेको मापदण्डलाई पूर्णरुपमा पालना गर्दै प्रतिनिधी चयन गरिएको छ ।
मापदण्ड अनुरुपको प्रार्थमिकता छनौटमा परेका प्रतिनिधिहरुको एन आर एन संगको आवद्दतालाई गहिरो र तथ्यगत खोजबिन गर्दै उनीहरुको पदभार लाई समेत सुचिकृत गरिएको छ । प्रतिनिधी छनौट यथासक्य न्यायसंगत ढंगले गर्दागर्दै पनि यसपालिको अधिक आवेदनहरु बाट सबै ईच्छुकहरुलाई समावेश गर्न सकिएको छैन । तथापि छनौटमा नपरेका आवेदकहरुले मताधिकार बाहेक तोकिएको शुल्क बुझाएर सम्मेलनमा भाग लिन भने सकिने जानकारी गराईन्छ ।
गैरआवासीय नेपाली संघ युकेमा गतवर्षहरु भन्दा धेरै सदस्य रहेकाले विश्व सम्मेलनमा प्रतिनिधी हुन चाहना राख्नेहरुको संख्या ४ सय भन्दा बढी रहेको थियो तर संघको मापदण्ड अनुसार जम्मा २१७ (बैकल्पिक सहित ) जनालाई मात्र प्रतिनिधीमा समावेश गर्न सकिएको छ ।
प्रतिनिधीहरुले विश्व सम्मेलनमा भाग लिनु पूर्व २०० डलर बराबरको शुल्क काठमाडौंमै भुक्तानी गर्न सक्नेछन । प्रतिनिधी चयन सम्वन्धमा चित्त नबुझेमा वा केन्द्रीय मापदण्ड विपरीत भएको लागेमा तलको इमेल ठेगानामा जानकारी दिनु हुन हार्दिक अनुरोध गर्दछु ।
फडिन्द्र भट्टराई
महासचिव,
गैरआवासीय नेपाली संघ युके
Email: info.nccuk@nrna.org

