६ आश्विन २०८२, सोमबार
Follow Us

चाबहिलमा घर भत्काउँदा घाइते भएका एक जनाको मृत्यु

nepalbritain news
७ कार्तिक २०७६, बिहीबार ०४:४४

कठमाडौं : चाबहिलस्थित मूल सडकमै घर भत्किउँने क्रममा घाइते भएका एकजनाको मृत्यु भएको छ।

महनागरीय प्रहरी वृत्त गौशालाका डिएसपी प्रदिपकुमार सिंहका अनुसार घाइतेमध्ये २६ वर्षीय दीपक तामाङको मृत्यु भएको हो। तामाङको मित्रपार्कस्थित दीर्घायु अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो।

उनको टाउँकोमा गम्भीर चोट लागेको थियो। भर भत्काउने क्रममा घाइते भएका मध्ये दुईजना घर फर्किसकेका छन् भने अर्का एक घाइतेको उपचार भइराखेको छ।

मृतक तामाङ सोही घर भत्काउन खटेका मजदुर हुन्। बुधबार दिउँसो घर भत्काउने क्रममा घरले पुरिएर उनी गम्भीर घाइते भएका थिए।
अन्नपूर्ण पोष्ट

धेरै पढिएको