ब्रेकिङ न्युज

नेवार समुदायकाे भाइटीका भोलि, आज म्हः (आत्म) पूजा

काठमाडौं– नेवार समुदायले आजको दिन म्हः (आत्म) पूजासमेत गर्दैछन्। कात्तिक शुक्ल प्रतिपदाका दिन आज नेवार समुदायका मानिसले आफ्नो आत्म (म्हः) पूजा पर्व मनाउने गर्दछन्।

यसवर्ष सोमबार र मङ्गलबार दुई दिन प्रतिपदा तिथि परेको थियो। एकथरी नेवार समुदायले सोमबार म्हः (आत्म) पूजा गरेका छन्। अर्काथरीले भने मङ्गलबार गर्दैछन्। मङ्गलबार नयाँ वर्ष मनाएर आत्मपूजा गर्नेले बुधबार भाइटीका गर्ने जानकारी गराएका छन्। यस अवसरमा बुधबार पनि सरकारले सार्वजनिक बिदा दिएको छ।

मानिसको आत्मा नै सबैभन्दा ठूलो र महत्वपूर्ण भएकाले आत्म पूजा गर्ने परम्परा शास्त्रीय भएको धर्मशास्त्रविद् एवं नेपाल पञ्चाङ्ग निर्णायक समितिका अध्यक्ष प्रा डा रामचन्द्र गौतमले राससलाई बताए।

आत्म सन्तुष्ट बनाई खुशी राख्न सके देवीदेवता पनि प्रसन्न भई आशिर्वाद दिने र जीवन लिएको पनि सार्थक हुने धार्मिक विश्वास समेत छ।

About the author
नेपालब्रिटेन डट कम्

नेपालब्रिटेन डट कम्