ताजा खबर

सरकारी कर्मचारीको परीक्षाले सिंहदरबारदेखि वडा कार्यालयसम्मका सेवाप्रवाह प्रभावित

काठमाडौं । लोकसेवा आयोगलगायतका विभिन्न परीक्षा तयारीका कारण कर्मचारीले कार्यालयमा समय नदिँदा देशभरका सरकारी कार्यालयको सेवाप्रवाह प्रभावित बनेको छ ।
कर्मचारीहरूले कार्यालय समयमा कार्यालयमा नै बसेर परीक्षा तयारी गर्ने र बिदामा बसेर परीक्षाको तयारी गर्दा प्रमुख प्रशासनिक केन्द्र सिंहदरबारदेखि स्थानीय तहका वडा कार्यालयसम्मका सेवाप्रवाहमा सुस्तता आएको हो ।

सरकारीस्तरमा सक्षम प्रशासन बनाउने दृष्टिकोण नहुँदा यस्तो समस्या आएको प्रशासनविद् तथा पूर्वसचिव भीम उपाध्यायले बताए ।

उनले भने, ‘निजामति सेवामा रहेको कार्यसम्पादनलाई आधार मान्ने भन्दा पनि परीक्षा प्रणालीलाई मात्र आधार बनाउने संस्कार रहेसम्म यस्तो समस्या समाधान हुन सक्दैन ।’ राजधानी दैनिकमा खबर छापिएको छ।

About the author
nepalbritain news

nepalbritain news