ब्रेकिङ न्युज

कास्की–२ मा नेकपाकी उम्मेद्वार विद्या भट्टराई विजयी

कास्की–२ मा विद्या विजयी मा सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) की उम्मेद्वार विद्या भट्टराई विजयी भएकी छिन्। शनिबार भएको प्रतिनिधिसभाको उपनिर्वाचन नेकपाली कांग्रेसका उम्मेदवार खेमराज पौडेललाई ८ हजार ४ सय ३ मतान्तरले हराउँदै विजयी भएकी हुन्।

भट्टराईले २४ हजार ३ सय ९४ मत ल्याइन भने पौडेलले १५ हजार ९ सय ९१ ल्याए। ७१ हजार ८ सय ७१ जना मतदाता रहेकोमा ४५ हजार ५ सय ६३ मत खसेको छ।

About the author
नेपालब्रिटेन डट कम्

नेपालब्रिटेन डट कम्