ब्रेकिङ न्युज

वेलायतका लागि नेपाली पूर्वराजदूत मुरारीराज शर्माको निधन

लण्डन ।बेलायतका लागि पूर्वराजदूत मुरारीराज शर्मा अधिकारीको निधन भएको छ। पारिवारीक स्रोतका अनुसार उनको मंगलवार विहान लण्डनमा मर्निगंवाकबाट फर्किनेक्रममा ह्दयघातका कारणले निधन भएको हो ।

शर्मा तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाका पालामा सन् २००७ को फेब्रुअरीमा बेलायतका लागि नेपाली राजदूत नियुक्त भएका थिए। उनको छोरा अमेरिकामा अध्ययनरत छन् । उनी संयुक्त राष्ट्र महासंघको ५६ औं अधिवेशनको कार्यबाहक अध्यक्ष रहेका थिए।

उनी सन् २००७ देखी २००९ सम्म वेलायतका लागि नेपाली राजदूत थिए । यसै बीच समकालीन साहित्य प्रतिष्ठान वेलायतले उनको निधनमा दुःख व्यक्त गर्दे समवेदना प्रकट गरेको छ । शर्माको साहित्यमा समेत रुचि थियो ।

 

About the author
नेपालब्रिटेन डट कम्

नेपालब्रिटेन डट कम्