२ आश्विन २०८२, बिहीबार
Follow Us

माइक्रोबस दुर्घटनामा चालकको मृत्यु

nepalbritain news
१२ माघ २०७६, आईतवार १०:४५

झापाबाट काठमाडौं जाँदै गरेको बा४ख ६९६ नंको माइक्रोबस बिपी राजमार्गअन्तर्गत सिन्धुलीको कमलामाई नगरपालिका–२ भद्रकाली ढुङ्ग्रेभञ्ज्याङमा दुर्घटना हुँदा एकको मृत्यु भएको छ।

जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रहरी नायबउपरीक्षक श्यामबहादुर खत्रीले काठमाडौँ महानगरपालिका–११ गठ्ठाघर निवासी ३८ वर्षीय मोहन मर्हजनको सो दुर्घटनामा आज विहान मृत्यु भएका जानकारी दिए।

दुर्घटनामा घाइते भएका २० यात्रुको सिन्धुलीको विभिन्न अस्पतालमा उपचार भैराखेको र मृत्यु कार्की सो बसका सवारीधनी साथै चालक रहेका उनले बताए।

माइक्रोबस सडकबाट अन्दाजी ३५ मिटर तल खसी दुर्घटना भएको थियो।

बाक्लो हुस्सु र तीव्रगतिका कारण माइक्रोबस दुर्घटना भएको हुनसक्ने प्रहरीले जनाएको छ।

रासस

धेरै पढिएको