२ आश्विन २०८२, बिहीबार
Follow Us

चीनमा रहेका नेपालीलाई स्वदेश फर्काइँदै, विशेष चार्टर्ड विमानबाट ल्याइने

नेपालब्रिटेन संवाददाता
१९ माघ २०७६, आईतवार ०५:३३

काठमाडौं । कोरोना भाइरस प्रभावित क्षेत्र हुवेई प्रान्तमा रहेका नेपाली नागरिकलाई स्वदेश फर्काइने भएको छ । बेइजिङस्थित नेपाली दूतावासले शनिबार एक सूचना प्रकाशित गर्दै चीनको हुवेई प्रान्तमा रहेका नेपालीलाई स्वदेश फर्काइने जनाएको छ ।

चीनमा कोरोना भाइरसको संक्रमण तीव्र गतिमा फैलँदै गएपछि सरकारले हुवेई प्रान्तमा रहेका नेपालीलाई स्वदेश फर्काउने निर्णय गरेको हो । अहिलेसम्म चीनमा कोरोना भाइरसबाट २५९ भन्दा बढीकाे ज्यान गइसकेकाे छ र हजाराैँ प्रभावित बनेकाे अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूले जनाइरहेका छन् ।

दूतावासकाे सूचनाअनुसार नेपालीलाई स्वादेश फर्काउनको लागि विशेष चार्टर्ड उडान गर्ने तयारी गरिएकाे छ । सूचनामा सो क्षेत्रमा रहेका र नेपाल फर्कन चाहने सबै नेपालीलाई वेबसाइटमा राखिएको फारम भरेर इमेल मार्फत दूतावासमा पठाउन आग्रह पनि गरिएको छ ।

नेपालीले भरेका फर्मका आधारमा चार्टर विमानको व्यवस्था गरिनेछ । फारम फेब्रुअरी २ तारिख स्थानीय समय बिहानको ९ बजेसम्म भरिसक्न आग्रह गरिएको छ । ढिला गरी भरिएका फर्म स्वीकार्य नहुने दुतावासले जनाएको छ । केही आवश्यक परे दुतावासको मोबाइल नम्बर १५७० १२८५७ ६३ मा सम्पर्क गर्न सकिने सूचनामा उल्लेख छ ।

धेरै पढिएको