ब्रेकिङ न्युज

प्रधानमन्त्री ओलीको नयाँ मिर्गौला सकृय, प्रत्यारोपण सफल

काठमाण्डौं । प्रधानमन्त्री केपी शर्मा ओलीको मिर्गौला प्रत्यारोपण शल्यक्रियापछि होस खुलेको छ।

शल्यक्रियामा संलग्न चिकित्सकका अनुसार प्रधानमन्त्री ओलीको केहीबेरअघि होस खुलेको हो। उनको नयाँ मिर्गौलाले काम गर्न पनि थालिसकेको छ।

‘नयाँ किड्नीले काम गर्न पनि थालिसकेको चिकित्सकले जनाएका छन् ।
प्रधानमन्त्री ओलीले आज दोस्रो पटक मिर्गौला प्रत्यारोपण गरेका हुन्। १३ वर्षअघि भारतको नयाँदिल्लीमा मिर्गौला प्रत्यारोपण गराएका ओलीले यसपालि स्वेदशमै त्रिवि शिक्षण अस्पताल रोजेका हुन्।

About the author
नेपालब्रिटेन डट कम्

नेपालब्रिटेन डट कम्