२२ आश्विन २०८२, बुधबार
Follow Us

कोरोना भाइरसको संक्रमणबाट बेलायतमा एक व्यक्तिको मृत्यु

नेपालब्रिटेन संवाददाता
२३ फाल्गुन २०७६, शुक्रबार ०४:५०

लन्डन । कोरोना भाइरसको संक्रमणबाट बेलायतमा एक व्यक्तिको मृत्यु भएको छ । कोरोना संक्रमणबाट बेलायतमा मृत्यु हुने उनी पहिलो हुन् । कोरोना भाइरसको संक्रमण देखिएपछि उपचार गराइरहेकी एक ७० वर्षीया महिलाको मृत्यु भएको हो ।

उनी गत बुधबार अस्पताल भर्ना भएकी थिइन । रोयल बर्कशायर अस्पतालमा उपचार गराइरहेकी ती महिला बेलायतमै हुँदा संक्रमित भएको बताइएको छ । उनको मृत्युपछि उनीसँग सम्पर्कमा रहेको ब्यक्तिहरुको बेलायतका स्वास्थ्यकर्मीले खोजी गरिरहेका छन् ।

बेलायतमा संक्रमितको संख्या बढदो क्रममा रहेको छ । पछिल्लो २४ घन्टामा ३० जना थपिएपछि बेलायतमा संक्रमितको संख्या १ सय १६ पुगेको छ । बेलायती प्रधानमन्त्रीका प्रवक्ताले भाइरस तिब्र रुपमा फैलिएको भन्दै चिन्ता प्रकट गरेका छन् ।

धेरै पढिएको