काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सांसद गगन थापाले नेपालमा केही पनि भएको छैन भनेर बस्ने अवस्था नरेहको बताएका छन् । प्रतिनिधिसभाको आजको बैठकमा सांसद थापाले कोरोनाको विषयमा सार्वजनिक महत्वका विषय दर्ता गराउँदै नेपालमा कोरोना भाइरसको संक्रमण भएको छैन भनेर ढुक्कले बस्ने अवस्था नरहेको बताएका हुन् ।
उनले प्रश्न गरे, ‘इरानको जस्तो भएमा के गर्ने रु रातिसम्म केही भएको थिएन इरानमा, विहानै दुई जनाको मृत्यु भएको खबर आयो ।’ उनले उच्चस्तरीय समन्वय समितिले एकिकृत कार्ययोजना ल्याउनुपर्ने मागसमेत गरे । संसदमा समेत कोरानका विषयमा समिति गठन गर्न थापाले माग गरे ।
उनले मान्छे अस्पतालबाट किन भाग्यो त्यो खोजिनुपर्ने बताए । उनले अस्पतालमा काउन्सिलिङ गर्नुपर्ने बताए । त्यसैगरी थापाले बजारमा कालोवजारी रोक्न जरुरी भएको बताए ।