मुख्य समाचार

१० लाख मास्कसहित काठमाडौंबाट एकजना पक्राउ

काठमाडौं । काठमाडौंको सानो भर्‍याङबाट १० लाख मास्कसहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ । महानगरीय अपराध महाशाखाबाट खटिएको टोलीले बुधबार सो परिमाणको मास्क बरामद गरेको हो । पक्राउ पर्नेमा गोरखाका युवराज न्यौपाने रहेको महानगरीय अपराध महाशाखाका प्रमुख एसएसपी सहकुल थापाले जानकारी दिए । पछिल्लो समय प्रहरीले मास्क कालोबजारीविरुद्धको अपरेसन सञ्‍चालन गर्दै आएको छ । यसअघि पनि प्रहरीले काठमाडौंबाट करिब १० लाखभन्दा बढी मास्क बरामद गरेको थियो ।

About the author
नेपालब्रिटेन संवाददाता

नेपालब्रिटेन संवाददाता