ताजा खबर

जर्मनीमा एकै परिवारका ४ जना नेपालीमा कोरोना संक्रमण

लण्डन । जर्मनीको राइनल्याण्ड स्थित माइन्स बस्दै आएकाको सिँगो नेपाली परिवारमै कोरोना भाईरस संक्रमित भएको छ ।
गत १० वर्षदेखि जर्मनीको माइन्स शहरमा बसोबास गरिरहेका सुरज सोनार घतानीको परिवारमा कोरोना संक्रमण भएको हो ।

उनीहरुमा कोरोना भएको पुष्टि पारिवारिक र रेडक्रसका चिकित्शकहरुले गरेका हुन् ।

११ वर्षकी छोरी, छ वर्षिय छोरा र बाबु आमासहित चार जनाको परिवारमा कोरोनाको पुष्टि भएपछि हाल परिवारनै आफ्नै घरमा क्वारेन्टाईनमा रहेको छ । घरमै क्वारेन्टाईनमा बस्ने सुझाव चिकित्सकहरुले दिएका हुन् ।

कास्की पोखरा स्थायि घर भएका घतानीकि ११ वर्षिय छोरी गत मार्च ८ तारिख फ्र्यांकफर्ट शहरमा भलिबल खेल्न गएको र त्यतिबाट उनले कोरोना भाईरस सारेको आशंका बाबु सुरज सोनार घतानीले गरेका छन् ।

‘छोरीलाई नजा नजा भन्दाभन्दै मानिन । भलिबल खेल्न गइ । केहि दिनमै कोरोना लागेको थाह भयो’ बाबु सुरज घतानीले भने ।

संक्रमितहरुमध्ये बाबु सुरजको उमेर ४३ छ भने आमाको ४० । ‘मार्च १० देखि हामी सेल्फ क्वारेन्टाईनमा छौं । शुरुका तिन दिनसम्म स्वास्थ्यमा निकै समस्या देखिएको थियो । हाल १० दिन कटिसकेकाले स्वास्थ्यमा सुधार हुँदै गएको छ” घतानीले भने ‘म नेपाली समूदायलाई आग्रह गर्छु कि हाम्रो स्वास्थ्यका बारेमा चिन्ता नलिनुहोला ।’

About the author
नेपालब्रिटेन डट कम्

नेपालब्रिटेन डट कम्