१३ पुष २०८२, आईतवार
Follow Us

लकडाउनबारे निर्णय गर्न मन्त्रिपरिषद् बैठक जारी

nepalbritain news
२ बैशाख २०७७, मंगलवार ०८:४३

काठमाडौँ — दोस्रोपटक बढाइएको लकडाउनको अवधि सकिने अघिल्लो दिन यसबारे निर्णय गर्न आज मन्त्रिपरिषद् बैठक जारी छ । ११ बजे देखि बसेको मन्त्रिपरिषद्ले लकडाउन हटाउने वा बढाउने विषयमा निर्णय गर्नेछ ।

लकडाउन ७ वा १० दिन बढ्नसक्ने एक मन्त्रीले कान्तिपुरलाई बताए। छिमेकी मुलुक भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले केहीबेरअघि एक सन्देश जारी गरी भारतमा लकडाउन मे ३ अर्थात्, वैशाख २१ सम्म बढाउने घोषणा गरेका छन्। भारतमा बढेको लकडाउनको समेत विश्लेषण गरेर निर्णय गरिने उनले बताए।

नेपालमा हालसम्म कोरोनाका १४ वटा केस प्रयोगशाला प्रमाणित छन्। काठमाडौंको सनसिटी अर्पाटमेन्टमा बस्दै आएको एक परिवारका तीनजनामा र्‍यापिड डाइग्नोस्टिक किटबाट गरिएको परीक्षणमा कोभिड १९ पोजिटिभ देखिए पनि पिसिआर टेस्टको रिपोर्ट आएको छैन।

धेरै पढिएको