ताजा खबर

राहतमा कुहिएको दाल बाँड्ने मेयर राजेश रायसहित १० जना पक्राउ

काठमाडौं । राहतका लागि कुहिएको दाल बेचेको आरोपमा कलैयाका मेयर सहित १० जना पक्राउ परेका छन् । लकडाउनका कारण मर्कामा परेका गरिब, असहाय, विपन्न वर्गका मानिसलाई कुहिएको दाल राहतका रुपमा वितरण गरेको आरोपमा मेयर राजेश राय यादवसहित १० जना पक्राउ परेका हुन् । राहतमा बाँड्नका लागि नजिकका वडाध्यक्षहरुलाई चार वर्ष पुरानो दाल बेचेको पाइएपछि मेयर यादवलाई पक्राउ गरिएको बाराका एसपी कृष्ण पंगेनीले जानकारी दिए ।

About the author
नेपालब्रिटेन संवाददाता

नेपालब्रिटेन संवाददाता