मुख्य समाचार
कुखुराको खोरको छानाले च्यापीएर २ जनाको मृत्यु
नवलपरासी । कुखुराको खोरको छानाले च्यापीएर नवलपरासीको गैडाकोटमा दुई जनाको मृत्यु भएको छ । हिजो साँझ आएको हावाहुरी सहितको बर्षाले खोरमा दाना दिदै गर्दा गैडाकोट नगरपालिका ८ का ३५ वर्षीय कासीराम पौडेल र ४० वर्षीय सुर्यबहादुर भण्डारीको मृत्यु भएको ईलाका प्रहरी कार्यालय गैडाकोटले जनाएको छ ।
गैडाकोट नगरपालिका ६ नारायणी नदि नजिकै पौडेल र भण्डारी दुवैले संयुक्त रूपमा लोकल कुखुरा पाल्दै आएका थिए । यसैगरि चितवनको भरतपुरको आपटारी देवघाट सडकखण्डमा रूखले किचेर एकजनाको मृत्यु भएको छ ।
रूख ढल्दा लागेर गम्भिर घाइते भएका भरतपुर १२ का २९ वर्षका रामबहादुर विकको उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

