विश्वभर कोरोना संक्रमितको संख्या ८३ लाख नाघ्यो
जेनेभा । विश्वभर कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या ८३ लाख नाघेको छ । संक्रमणबाट ४ लाख ४७ हजारभन्दा बढीको मृत्यु भएको छ । सबैभन्दा बढी अमेरिकामा संक्रमितको संख्या २२ लाख ८ हजार नाघेको छ । त्यहाँ १ लाख १९ हजार १ सयभन्दा बढीले ज्यान गुमाइसकेका छन् ।
अमेरिकापछि संक्रमितको संख्या ब्राजिलमा बढी छ । त्यहाँ संक्रमितको संख्या ९ लाख २८ हजार नाघेको छ भने ४५ हजार ४ सयभन्दा बढीले ज्यान गुमाइसकेका छन् । रुसमा संक्रमितको संख्या ५ लाख ४५ हजार नाघेको छ भने ७ हजार २ सयभन्दा बढीले ज्यान गुमाइसकेका छन् । एसियाली मुलुक भारतमा संक्रमितको संख्या तीन लाख ५४ हजार नाघेको छ ।
त्यहाँ ११ हजार ९ सयभन्दा बढीले ज्यान गुमाइसकेका छन् । बेलायत, स्पेन, इटाली, फ्रान्स लगायतका युरोपेली मुलुकमा भने संक्रमण र मृत्यु दर घटेको छ । संक्रमणबाट हालसम्म बेलायतमा ४१ हजार ९ सय, इटलीमा ३४ हजार ४ सय, स्पेनमा २७ हजार १ सय र फ्रान्समा २९ हजार ५ सयभन्दा बढीले ज्यान गुमाएका छन् । विश्वभर संक्रमितमध्ये ५० प्रतिशतभन्दा बढी निको भएर घर फर्किएका छन् । निको हुनेको संख्या ४३ लाख ४१ हजार नाघेको छ ।

