ताजा खबर
नेपालमा कोरोना संक्रमितको संख्या १० हजार नाघ्यो, आज २ को मृत्यु
काठमाडौँ । कोरोना भाइरस (कोभिड– १९) को सङ्क्रमण आज ५३८ जनामा देखिएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले गरेको नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा ४४८ पुरुष र ९० महिलामा सङ्क्रमण देखिएको बताए ।
नयाँ सङ्क्रमित थपिएसँगै नेपालमा सङ्क्रमितको सङ्ख्या १० हजार ९९ पुगेको छ । मन्त्रालयका प्रवक्ता गौतमका अनुसार डिस्चार्ज हुनेको संख्या हालसम्म २ हजार २२४ पुगेको छ । त्यस्तै कोरोनाबाट मृत्यु हुनेको सङ्ख्या २४ जना पुगेको छ । उनले रसुवाबाहेक ७६ जिल्लामा सङ्क्रमण देखिएको छ ।

