मुख्य समाचार
आफैंले घरमा लुकाएर राखेको बम विष्फोट
इलाम । इलामको देउमाई नगरपालिका ४ का दिलबहादुर श्रेष्ठले घरमा लुकाई राखेको बम विष्फोट हुँदा उनका छोरा मौषम श्रेष्ठ गम्भीर घाइते भएका छन् ।
गएराति देउमाई नगरपालिका ४ का दिलबहादुर श्रेष्ठले द्वन्द्वकालका समयदेखि लुकाई राखेको सकेट बम २५ वर्षीय छोरा मौषमले झिकेर खेलाउने क्रममा बिष्फोट भएको हो । उनले खेलाउँदै गरेको बम विष्फोट हुँदा मौषमका दुवै हातका औंला चुडीएको र आँखामा पनि समस्या रहेको देखिएको प्रहरीले जनाएको छ ।
तत्कालीन बिद्रोही माओवादी र सेनाबीच स्थानीय देविडाँडामा भीडन्त हुँदा छोडेको बम श्रेष्ठले भेटाएपछि घरमा लगेर लुकाई राखेको बताइएको छ । उनलाई बम भन्ने थाहा नहुँदा विस्फोट भएको अनुमान गरिएको छ ।

