ताजा खबर
नेपालमा संक्रमित संख्या १५ हजार नाघ्यो
काठमाडौं । पछिल्लो २४ घण्टामा कोरोनाका ७४० जना संक्रमित थपिएका छन्। एकै दिनमा संक्रमित हुनेको संख्या यो हालसम्मकै उच्च हो। यी सहित कुल संक्रमितको संख्या १५ हजार २५९ पुगेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार विगत २४ घण्टामा ८ सय २३ जना कोरोनामुक्त भएका छन्। यी सहित हालसम्म निको हुनेको कुल संख्या ६ हजार १ सय ४३ पुगेको छ।विगत २४ घण्टामा ४ हजार ४ सय ८३ जनाको पिसिआर परीक्षण भएको छ। हालसम्म २ लाख ४२ हजार बढीको पिसिआर परीक्षण भएको छ।

