चितवन । चितवनमा थप ४६ जनामा कोरोना संक्रमण देखिएको छ । भरतपुर अस्पतालको कोरोना प्रयोगशालामा गरिएको परिक्षणमा चितवनका ४६ जनासहित ५० जनामा कोरोना पुष्टि भएको हो ।
३ सय ५५ नमुना परिक्षण गर्दा ५० जनाको पोजेटिभ आएको अस्पतालले जानकारी दिएको छ ।संक्रमितहरुमा चितवन जिल्लाका ४६ जना रहेका छन् । तिमध्ये ४२ जना राप्ती नगरपालिका छन् ।
त्यस्तै भरतपुर महानगरपालिकाका ४ जना रहेका छन् । मकवानपुरका एक जना, बाराका दुई जना र गोरखाका एक जनामा पनि संक्रमण पुष्टि भएको छ ।