काठमाडौं । गत वर्षको निर्णय देखाएर सांसदलाई वितरण गरिएको दशैं पेस्की सरकारले फिर्ता लिने निर्णय गरेको छ । गतवर्ष गरेको निर्णय अनुरुप नै संसद सचिवालयले पेस्की उपलब्ध गराएपछि सरकारले विषम परिस्थिति देखाउँदै उक्त पेस्की रकम फिर्ता लिने निर्णय गरेको हो । प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद्को बैठकले दशैं पस्की फिर्ता गर्ने निर्णय गरेको हो ।
चालु आर्थिक वर्षको बजेटमै पेस्कीको व्यवस्था नगरिएको स्पष्ट पार्दै सरकारले गतवर्षको निर्णय देखाउदै भत्ता वितरण गरेपछि सो निर्णय नै खारेज गरिदिएको हो । सांसदको खातामा रकम गईसकेकाले सो रकम अब फिर्ता गर्नुपर्ने हुन्छ । डा. बाबुराम भट्टराई प्रधानमन्त्री भएका बेला सांसदको दशैं भत्ता दिने निर्णय खारेज गरेको थियो । पछि ओली सरकारले नै सांसदलाई दशैंमा भत्ता दिने निर्णय पुनः लागू गरेको हो ।