ताजा खबर

कोरोना संक्रमणले पत्रकार चौलागाईंको निधन

काठमाडौं । कोरोना भाइरस (कोभिड–१९) संक्रमणका कारण काभ्रेका पत्रकार विष्णुप्रसाद चौलागाईंको निधन भएको छ ।

५१ वर्षीय चौलागाईंलाई गत २६ असोजमा कोरोना पुष्टि भएको थियो । उनी स्थानीय काभ्रे पोष्टका प्रधान सम्पादक हुन् । अत्याधिक ज्वरो आएपछि चौलागाईंलाई १ कात्तिकमा काठमाण्डुको चाबहिलस्थित ओम अस्पताल ल्याइएको थियो । उपचारका क्रममा शुक्रबार बिहान ४ बजे चौलागाईं निधन भएको काभ्रे पोष्टका पत्रकार दीपकप्रसाद चौलागाईंले जानकारी दिए ।

यसैबीच नेपाल पत्रकार महासंघका अध्यक्ष गोविन्द आचार्यले पत्रकार चौलागाईंको निधनप्रति दुःख व्यक्त गरेका छन् । ‘काभ्रे पोष्ट साप्ताहिकका प्रधानसम्पादक विष्णु चौलागाईंको निधनको खबरले स्तब्ध छु, चौलागाईंप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दछु’, आचार्यले फेसबुकमा लेखेका छन्, ‘शोक सन्तप्त परिवारजनमा हार्दिक समवेदना ।’

About the author
नेपालब्रिटेन संवाददाता

नेपालब्रिटेन संवाददाता