ताजा खबर

कोरोना विरुद्धको खोप भित्र्याउन सचिव स्तरीय समिति गठन

काठमाडौँ । कोरोना भाइरस विरुद्धको खोप ल्याउन सरकारले अर्थ, स्वास्थ्य तथा जनसंख्या र परराष्ट्र सम्मिलित ३ सदस्यीय सचिव स्तरीय समिति गठन गर्ने बारे छलफल भएको छ ।

सोमबार बसेको मन्त्रिपरिषद् बैठकमा विश्वमा क्लिनिकल ट्रायलमा रहेका खोपमध्ये सफल र प्रभावकारी खोप ल्याउनबारेमा प्रस्तावमाथि छलफल भएको हो ।

‘खोप आपूर्तिका लागि अर्थ, स्वास्थ्य तथा जनसंख्या र परराष्ट्र सचिव रहेको तीन सदस्यीय समिति बनाउने बारेको प्रस्ताव माथि छलफल भएको छ’, प्रशासन स्रोतले भन्यो, प्रस्तावमाथि छलफल चाहिँ भएको हो, निर्णय प्रमाणीकरण नै भइहालेको छैन ।’

About the author
नेपालब्रिटेन संवाददाता

नेपालब्रिटेन संवाददाता