ताजा खबर

कांग्रेस नेता सिटौलालाई कोरोना संक्रमण

काठमाडौं । नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौलालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । शुक्रबार गरिएको परीक्षणमा आफूलाई कोरोना संक्रमण पुष्टि भएको सिटौलाले सामाजिक सञ्जालमार्फत जानकारी दिएका हुन् ।

संक्रमण भए पनि आफ्नो स्वास्थ्य सामान्य रहेको उनले बताएका छन् । सिटौलाले सम्पर्कमा रहेकालाई भने परीक्षण गर्न र सावधानी अपनाउन आग्रह गरेका छन् ।

About the author
नेपालब्रिटेन डट कम्

नेपालब्रिटेन डट कम्