ताजा खबर

सर्वोच्च अदालत बारमा लोकतान्त्रिक प्यानलको वर्चस्व

सर्वोच्च अदालत बार एसोसिएसनको ३३ औँ कार्यसमितिको निर्वाचनमा बृहत् लोकतन्त्रवादी समूहको तर्फबाट अध्यक्ष, सचिव, सहसचिव, कोषाध्यक्ष, महिला सदस्यसहित १० जना उम्मेदवार विजयी भएका छन् । प्रगतिशील समूहका तर्फबाट उपाध्यक्ष र चारजना सदस्य विजयी भएका छन् ।

अध्यक्षमा वरिष्ठ अधिवक्ता पूर्णमान शाक्य निर्वाचित भएका छन् । उनले प्रगतिशील समूहका अध्यक्षका दाबेदार रवि नारायण खनाललाई ४५ मतले हराएका हुन् ।

उपाध्यक्षमा भने प्रगतिशील प्यानलबाट मुकुन्दप्रसाद पौडेल विजयी भएका छन् । पौडेलले लोकतान्त्रिकबाट प्रत्याशी रहेका नमराज रिजाललाई ३० मतान्तरले पराजित गरेका हुन् ।

लोकतान्त्रिक प्यानलकै तर्फबाट सचिवमा ऋषिराम घिमिरे, सहसचिवमा शर्मिला श्रेष्ठ, कोषाध्यक्षमा विनोदकुमार कार्की र महिला सदस्यमा अमिता गौतम पौडेल विजयी भएका छन् ।

यसैगरी, नौजना सदस्यमा अनन्त कार्की, अनन्तराज लुइँटेल, तिलकविक्रम पाण्डे, दीपनारायण शाह, विकास भट्टराई, राजेन्द्रप्रसाद शाह, मिराज श्रेष्ठ, रामहरि त्रिपाठी र निर्मला भण्डारी रहेका छन् । लुइँटेल, कार्की, पाण्डे, र शाह प्रगतिशील प्यानलका हुन् ।

About the author
नेपालब्रिटेन डट कम्

नेपालब्रिटेन डट कम्