३० पुष २०८२, बुधबार
Follow Us

१२२ जनामा कोरोना संक्रमण पुष्टि, १४४ जना संक्रणमुक्त

नेपालब्रिटेन संवाददाता
३ फाल्गुन २०७७, सोमबार १३:३०

नेपालमा थप १२२ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। सोमबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा ३५४१ मा पिसिआर गर्दा १२२ जनामा कोरोना पुष्टि भएको हो। योसहित हालसम्म संक्रमित हुनेको कुल संख्या दुई लाख ७२ हजार ८४० पुगेको छ।

पछिल्लो २४ घण्टामा १४४ जना कोरोना संक्रमित संक्रणमुक्त भएर घर फर्किएका छन्। योसहित कोरोनाबाट निको हुनेको कुल संख्या दुई लाख ६९ हजार २०४ पुगेको छ । पछिल्लो २४ घण्टामा कोरोनाबाट १ जनाको मृत्यु भएको छ। योसहित कोरोनाबाट मृत्यु हुनेको संख्या २०५५ पुगेको छ।

धेरै पढिएको