१ माघ २०८२, बिहीबार
Follow Us

कांग्रेस र दाहाल – नेपाल समूह सहमति नजिक, अविश्वास प्रस्ताव दर्ता गर्ने तयारी

नेपालब्रिटेन डट कम्
२० फाल्गुन २०७७, बिहीबार ०७:५५

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीबिरुद्ध नेपाली कांग्रेसले नेपाल कम्युनिष्ट पार्टी दाहाल नेपाल पक्षसँग मिलेर अविश्वास प्रस्ताव दर्ता गर्ने तयारी सुरु गरेको छ।

यसका लागि कांग्रेस सभापति शेरबहादुर देउवाले दाहाल(नेपाल पक्षसँग सहमति गरिसकेको र कांग्रेस पदाधिकारी बैठकमा बिहीबार यसबारे छलफल गर्ने कांग्रेस स्रोतले जानकारी दिएको छ।

आगामी फागुन २३ गते बस्ने संसदको बैठकबाट अविश्वास प्रस्तावको तयारी सुरु गरिने कांग्रेसको योजना छ। यसका लागि कांग्रेस पदाधिकारी बैठकले अन्तिम निर्णय गर्ने कांग्रेस स्रोतले जानकारी दिएको छ।

सर्वोच्च अदालतबाट संसद पुनर्स्थापनाको फैसला भएपछि राष्ट्रपति विद्यादेवी भण्डारीले फागुन २३ गते संसद बैठक आह्वान गरेकी छन्।

प्रधानमन्त्री केपी शर्मा ओलीबिरुद्ध यसअघि पुष्पकमल दाहाललाई प्रधानमन्त्रीका लागि प्रस्ताव गर्दै दर्ता गरिएको अविश्वास प्रस्ताव फिर्ता लिने र नयाँ अविश्वास प्रस्ताव दर्ता गरिने नेकपा दाहाल( नेपाल स्रोतले जानकारी दिएको छ।

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्रीमा प्रस्ताव गर्दै कांग्रेसले नेकपाको दाहाल(नेपाल पक्षसँग मिलेर प्रधानमन्त्री ओलीबिरुद्ध अविश्वास प्रस्ताव अगाडि बढाउने गरी तयारी अगाडि बढाइएको छ।

कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले नेकपाको दाहाल(नेपाल पक्षसँग मिलेर कांग्रेसले अविश्वास प्रस्ताव अगाडि बढाउने सम्भावनाबारे छलफल सुरु भएको जानकारी दिए।

धेरै पढिएको