ताजा खबर
महन्थ ठाकुर लगायत जसपाका नेता बालुवाटारमा
काठमाडौं । जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष महन्थ ठाकुर लगायतका नेता बालुवाटार पुगेका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीसँग छलफल गर्न जसपाका नेताहरु बालुवाटार पुगेका हुन् । ठाकुरसहित लक्ष्मणलाल कर्ण र सर्वेन्द्रनाथ शुक्ल बालुवाटार पुगेको स्रोतले बताएको छ ।
सत्ता समीकरणको सम्भावना र औचित्यका विषयमा प्रधानमन्त्री ओलीसँग छलफल गर्न उनीहरु बालुवाटार पुगेका हुन् । सत्ता समीकरण र जसपाले उठाउँदै आएको एजेण्डाका विषयमा जसपाका नेताहरु र प्रधानमन्त्रीबीच निरन्तर छलफल भइरहेको छ । सोमबार साँझ पनि जसपाका नेताहरु छलफलका लागि बालुवाटार पुगेका थिए ।

