ताजा खबर
माओवादी केन्द्रको स्थायी समिति बैठकमा विधानबारे छलफल
काठमाडौं । नेकपा माओवादी केन्द्रको स्थायी समिति बैठक सुरु भएको छ । पार्टी कार्यालय पेरिसडाँडामा सुरु भएको बैठकमा समसामयिक राजनीतिक परिस्थितिका बारेमा छलफल हुने पहिलो एजेण्डा छ ।
त्यसैगरी, पार्टीको विधानबारे छलफल हुने एक नेताले जानकारी दिए । केपी शर्मा ओली नेतृत्वको सरकार ढाल्दै नयाँ सरकार गठनबारे नेपाली कांग्रेस र जनता समाजवादी पार्टी (जसपा) सँग माओवादीले छलफल गरिरहेको छ ।
अहिलेसम्म ओली नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिएको छैन । सरकारलाई दिएको समर्थन फिर्ता लिनेबारेमा पनि छलफल हुने बताइएको छ ।

