ताजा खबर
देउवाले बोलाए पदाधिकारी बैठक
काठमाडौँ । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले पदाधिकारी बैठक बोलाएका छन् । जनता समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुर र राजेन्द्र महतोसँग भेटवार्ता भएलगत्तै देउवाले आफ्नै निवासमा ४ बजे पदाधिकारी बैठक बोलाएका हुन् ।
महतोलाई देउवाको आग्रह
सभापति देउवाले नेता राजेन्द्र महतोलाई नयाँ सरकार गठनमा साथ दिन आग्रह गरेका छन् । बुढानीलकण्ठस्थित देउवा निवासमा छलफलका लागि पुगेका महतोलाई नयाँ सरकार बनाउन र त्यसमा साथ दिन भनेको एक नेताले बताएका छन् ।

