ताजा खबर

संसद् विघटनसम्बन्धी १९ रिट प्रधानन्यायाधीशको इजलासमा

काठमाडौँ । संसद् विघटनसम्बन्धमा परेका १९ रिट आज प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाको एकल इजलासमा परेको छ । राणाले बिहीबार १९ रिटको सुनुवाइ गर्दै छन्। राणाले सुनुवाइ गर्न लागेका सबै रिटमा राष्ट्रपति कार्यालय शितल निवासलाई विपक्षी बनाइएको छ।

प्रतिनिधिसभा विघटनकै विषयलाई लिएर हालसम्म ३० रिट निवेदन दर्ता भएका छन् । त्यसको सुनुवाइ आजदेखि नियमित इजलासमा र संवैधानिक इजलासका लागि तोकिएको मुद्दा शुक्रबारदेखि सुनुवाइ हुनेछ ।

अन्तरिम आदेश माग गरिएका १९ रिट निवेदनको पेशी आज र संवैधानिक इजलासमा सुनुवाइको माग गरिएका ११ निवेदनको पेशी शुक्रबारका लागि तोकिएको सर्वोच्च अदालतका सहप्रवक्ता देवेन्द्र ढकालले जानकारी दिनुभयो ।

About the author
नेपालब्रिटेन संवाददाता

नेपालब्रिटेन संवाददाता