ताजा खबर

एमालेको दशौं महाधिवेशन आयोजक कमिटी केन्द्रीय कमिटीमा रुपान्तरण

काठमाडौं । नेकपा एमालेले दशौं राष्ट्रिय महाधिवेशन आयोजक कमिटीलाई केन्द्रीय कमिटीमा रुपान्तरण गर्दै ०७५ साल जेठ २ गतेको संरचनामा फर्केको घोषणा गरेको छ । तर रामबहादुर थापा सहित २३ जना पूर्व माओवादी नेतालाई केन्द्रीय कमिटी र स्थायी कमिटीमा राखिएको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकले १०औँ राष्ट्रिय महाधिवेशन आयोजक कमिटी भंग गर्दै केन्द्रीय कमिटीमा रुपान्तरण गरेको प्रवक्ता प्रदीप ज्ञवालीले जानकारी दिनुभयो । आजको निर्णयसँगै पार्टी ०७५ साल जेठ २ को संरचनामा फर्केको नेता ज्ञवालीले दावी गर्नुभयो । माग पुरा भएकोले अब पार्टी एकतावद्ध भएर अघि जाने भन्दै त्यसै अनुसार अघि बढ्ने ज्ञवालीले विश्वास व्यक्त गर्नुभयो ।

ज्ञवालीले पार्टी जेठ २ मा फर्किएको दावी गरेपनि जेठ ३ को अवस्थामा मात्रै फर्किएको स्वीकार गर्नुभयो । बैठकले वरिष्ठ नेता झलनाथ खनाल, माधवकुमार नेपाल सहितका नेतामाथिको कारवाही पनि फिर्ता गरेको छ । नेता कार्यकर्तालाई एकतामा योगदान गर्न पनि बैठकले योगदान गरेको छ ।

बैठकले रामबहादुर थापा, लेखराज भट्ट, मणि थापा, टोपबहादुर रायमाझी, रघुजी पन्त, बेदुराम भुसाल, विष्णु रिमाल र रघुवीर महासेठलाई स्थायी कमिटी सदस्य बनाएको छ । यसअघिका एमालेका पदाधिकारी यथावत रहने निर्णय भएको छ । एमालेले केन्द्रीय कमिटीको बैठक असार १८ गते बोलाएको छ ।

About the author
नेपालब्रिटेन संवाददाता

नेपालब्रिटेन संवाददाता