ताजा खबर

विदेशबाट फर्कने यात्रुलाई ११० क्वारेन्टिन होटलको ब्यवस्था

काठमाडौं । विदेशबाट नेपाल फर्कने यात्रुलाई क्वारेन्टिनमा राख्न सरकारले पाँचतारेदेखि रिसोर्ट सम्म गरि ११० वटा होटेलहरुलाई अनुमति दिएको छ ।

पर्यटन विभाग होटल शाखाका अनुसार विभिन्न ११० होटेललाई क्वारेन्टिनका रुपमा तोकिएको हो । विभागका अनुसार यसअघि ठमेल क्षेत्रमा घना बस्ती रहेको भन्दै क्वारेन्टिन नबनाउने भनिएकोमा व्यवसायीको विरोधपछि ठमेल क्षेत्रका होटेलहरुलाई समेत क्वारेन्टिन होटेलको सूचीमा समावेश गरिएको छ ।

सरकारले निश्चित गन्तव्य तोकेर हवाई यात्रा खुला गरेको छ । जसअनुसार विदेशमा खोप नलगाई आउने यात्रुले नेपालमा अनिवार्य रुपमा क्वारेन्टिन बस्नुपर्छ । खाडी मुलुकबाट आउने यात्रुले होटेल बुकिङ नगरे पनि नेपाल आउन दिइनेछ ।

तर, उनीहरु नेपाल आइसकेपछि भने तोकिएका होटेलमा आफ्नै खर्चमा क्वारेन्टिन बस्नु पर्ने मापदण्ड बनाइएको छ । वैदेशिक रोजगारीबाट फर्कनेहरुले ५ दिनपछि पीसीआर परीक्षण गरी नेगेटिभ रिर्पोट आएमा आफ्नो गन्तव्यमा जान पाउनेछन् ।

About the author
नेपालब्रिटेन संवाददाता

नेपालब्रिटेन संवाददाता