ताजा खबर

आजदेखि जोन्सन एण्ड जोन्सन खोप लगाइँदै

काठमाडौं । कोभिड–१९ विरुद्धको खोप अभियानअन्तर्गत आजदेखि अमेरिकाले अनुदानमा उपलब्ध गराएको जोन्सन एण्ड जोन्सन खोप लगाइँदैछ। एक पटक मात्रै लगाए पुग्ने यो खोप ५० देखि ५४ वर्ष उमेर समुहका लाई लगाइने छ ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सहप्रवक्ता डाक्टर समिरकुमार अधिकारीले आजदेखि ६ गतेसम्म जोन्सन एण्ड जोन्सनको खोप लगाइने जानकारी दिनुभयो । जोन्सन एण्ड जोन्सनको खोप ५० देखि ५४ वर्ष उमेर समूहका, पहिलो खोप लगाउन बाँकी सबै तथा पूर्ण र अति अशक्त, अपाङ्गता भएका नागरिक र नेपालमा रहेका शरणार्थीलाई दिइँदै छ।

आज देशका विभिन्न स्थानहरुमा खोप अभियान शुरु हुने सहप्रवक्ता डाक्टर अधिकारीले जानकारी दिनुभयो ।

About the author
नेपालब्रिटेन संवाददाता

नेपालब्रिटेन संवाददाता