ताजा खबर

रेशम चौधरी निर्वाचन आयोग जाँदै

काठमाडौं । जनता समाजवादी पार्टी(जसपा)का कार्यकारिणी सदस्य एवम् प्रतिनिधिसभा सदस्य रेशम चौधरी कसको पक्षमा सनाखत गर्ने अझै खेलेको छैन ।

जेलमा रहेको चौधरी महन्थ ठाकुर पक्षका नेता हुन् । पछिल्लो समय उनी महन्थ ठाकुर र राजेन्द्र महतोप्रति पनि असन्तुष्टि जनाउँदै आइरहेका थिए ।

उता, थारुहट पक्षका अभियन्ताहरुले कसैको पक्षमा सनाखत नर्गन सुझाव दिएका थिए । तर, उनी कसैको सुझावलाई नमान्दै आज एउटा पक्षमा सनाखत गर्ने बुझिएको छ ।

चौधरी परिवारका अनुसार सनाखतका लागि उनी आफैँ निर्वाचन आयोगमा जाने छन् । जसपामा आधिकारिकता विवाद हुँदा निर्वाचन आयोगले हेट काउन्टरका लागि ५१ सदस्यीय कार्यकारिणी सदस्यलाई सनाखतका लागि आयोगमा बोलाएको हो ।

About the author
नेपालब्रिटेन संवाददाता

नेपालब्रिटेन संवाददाता