ताजा खबर
नियमित स्वास्थ्य परीक्षणका लागि राष्ट्रपति भण्डारी शिक्षण अस्पतालमा
काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारी मंगलबार बिहान त्रिवि शिक्षण अस्पताल पुगेकी छन् । राष्ट्रपति भण्डारी नियमित स्वास्थ्य परीक्षणका लागि अस्पताल गएको उनका स्वकीय सचिव भेषराज अधिकारीले जानकारी दिए । “कुनै समस्या भएर होइन नियमित परीक्षणका लागि जानुभएको हो । उहाँ प्रायः सरकारी अस्पतालमै परीक्षण गराउनुहुन्छ,” उनले भने ।

