ताजा खबर

माधव नेपाल समूहलाई सरकारमा ल्याउन देउवाले दिए प्रचण्डलाई जिम्मेवारी

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले) को माधवकुमार नेपाल पक्षलाई सरकारमा ल्याउने जिम्मा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) लाई दिइएको छ । यो जिम्मेवारी प्रधानमन्त्री शेरबहादुर देउवाले अध्यक्ष ‘प्रचण्ड’लाई विशेष जिम्मेवारी दिएका हुन् ।

देउवा, प्रचण्ड र उपेन्द्र यादबबीच सोमबार साँझ बालुवाटारमा भएको बैठकले प्रचण्डलाई माधव नेपाल मिलाउने विशेष जिम्मेवारी दिइएको हो । सोहीअनुसार नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड र एमालेका वरिष्ठ नेता माधवकुमार नेपालबीच आज वार्ता भएको छ । नेपाल निकट कोटेश्वरकै एक व्यवसायीको घरमा माधव नेपाललाई भेट्न प्रचण्ड पुगेका थिए ।

नेपालको निर्णय नआएका कारण मन्त्रिपरिषद् विस्तारसमेत रोकिएपछि देउवाले विशेष जिम्मेवारी दिएका हुन् ।

नेकपा एमालेको आन्तरिक एकता कायम गर्न अनौपचारिक संवादमा रहेका विघटित कार्यदलका नेताहरुले अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधव कुमार नेपालबीच वार्ता गराउने प्रयास गरिरहेकाबेला प्रचण्ड कोटेश्वर आएका हुन् ।

About the author
नेपालब्रिटेन संवाददाता

नेपालब्रिटेन संवाददाता