१८ कार्तिक २०८२, मंगलवार
Follow Us

‘शेरबहादुर देउवा किन मलाई मन पर्छ’ सहमहामन्त्री डा. महतलाई सोध

नेपालब्रिटेन संवाददाता
२९ श्रावण २०७८, शुक्रबार ०८:०३

काठमाडौं । नेपाली कांग्रेसका सहमहामन्त्री डा. प्रकाशशरण महतले पछिल्लो समय सञ्चारमाध्यमले आफूलाई विवादमा तानेको बताएका छन् । पार्टी कार्यालयको तर्फबाट जारी गरिएको विज्ञप्तिमा भनिएको छ, ‘मैले प्रधानमन्त्रीको उपस्थितिमा सीमित निकटस्थ सहयोगी र नेताहरुका बीचमा राखेका कुरालाई जोडेर ‘शेरबहादुर देउवा किन मलाई मन पर्छ’ भन्ने भिडियोको पक्षमा बोल्यो भन्दै नभनेको कुरा संचार माध्यमहरुमा एकपछि अर्को गरी सुनियोजित रुपमा सम्प्रेषण गरिएकोमा मेरो गम्भीर ध्यानाकर्षण भएको छ ।’

प्रधानमन्त्री देउवाले आफ्नो जीवनको विभिन्न कालखण्डमा सत्तामा हुदा र नहुदा गरेका राम्रा कामहरुलाई उल्लेखित भिडिओमा प्रस्तुत गरेको भन्दा तथ्य र आधारसहित परिपक्क र भिन्न तरिकाबाट सम्प्रेषण गर्न सकिन्थ्यो भन्ने मलाई पनि लागेको छ ।

प्रधानमन्त्री वा उहाँको सहयोगीले गरेको कुनै कार्यले प्रधानमन्त्रीको छविलाई हानी गरेको छ भन्ने लागेमा प्रधानमन्त्रीको निरन्तर पहुचमा रहेका नेता र निकटस्थहरुले सिधै प्रधानमन्त्रीलाई भनेर सच्याउन सकिने र त्यसका लागि सामाजिक संजालको सहयोग लिनुुपर्ने अवस्था के परिस्थितिले आईपरेको हो भनेर उक्त छलफलमा मैले जिज्ञासा मात्र राखेको हुँ । नेतृत्व तहबाट कुनै कमि कमजोरी भएमा सिधै राख्ने मेरो स्वभाव छ त्यसले काम नगरे मात्र सस्थागत र सार्वजनिक रुपमा राख्नुपर्छ भन्ने मान्यता म राख्दछु ।

छलफलका क्रममा भन्दै नभनेको कुरालाई यसरी तोडमोड गरी संचार माध्यममा त्यहिभित्र बाट सम्प्रेषण हुनु दुर्भाग्यपूर्ण भएको सबै सरोकारवाला, पार्टीका समर्थक र सुभचिन्तकहरुमा निबेदन गर्दछु’, विज्ञप्तिमा भनिएको छ ।

धेरै पढिएको