ताजा खबर
यी हुन् एकीकृत समाजवादीमा सनाखत गर्ने ५५ केन्द्रीय सदस्य
काठमाडौं । नेकपा एकीकृत समाजवादी दर्ता गर्न साविक एमालेका ५५ जना केन्द्रीय सदस्यले हस्ताक्षर गरेका छन् । निर्वाचन आयोग पुगेर उनीहरुले हस्ताक्षर गरेका हुन् । संघीय संसद्का सदस्यतर्फ भने ३० जनाले हस्ताक्षर गरेको नेता मेटमणि चौधरीले जानकारी दिए ।
अरु एमालेबाट विभाजित भएर नयाँ पार्टीको मान्यता पाउन केन्द्रीय समितिमा ४१ वा संसदीय दलमा ३१ सदस्य पुग्नुपर्छ । नेकपा एकीकृत समाजवादीका नेता गंगालाल तुलाधरले दल दर्ताका लागि चाहिने आवश्यक संख्या पुगिसकेको बताए ।



