१३ असार २०८१, बुधबार
Follow Us

ओलीको रिट प्रधानन्यायाधीशको इजलासमा

नेपालब्रिटेन संवाददाता
२० भाद्र २०७८, आईतवार ०५:३०

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले निर्वाचन आयोग र सभामुखविरुद्ध दायर गरेको रिटमाथिको सुनुवाइ सर्वोच्च अदालतमा आज तोकिएको छ । एमाले अध्यक्ष ओलीले नेकपा एकीकृत समाजवादी दर्ता अवैधानिक रहेको भन्दै दायर गरेको रिटमाथि प्रधान न्यायाधीश चोलेन्द्र शमशेर जबराको इजलासमा सुनुवाइ हुने भएको छ । कारबाही गरेका १४ सांसद र ९ केन्द्रीय सदस्यको सनाखत गैर कानुनी भएको भन्दै अ‍ोलीले नेकपा एकीकृत समाजवादी खारेजीको माग गरेका छन् ।