लण्डन । मन्त्रिपरिषद् बैठकले रिक्त रहेका राजदूत पदमा ८ जनालाई सिफारिस गरेको छ । भारतका लागि पूर्वमुख्यसचिव लोकदर्शन रेग्मी सिफारिस भएका छन् । एमाले, माओवादी र जसपाको बन्नेहरूको नाम सिफारिस भएको हो ।
मन्त्रिपरिषद्द्वारा ८ देशका लागि राजदूत सिफारिस,भारतमा लोकदर्शन रेग्मी त्यस्तै अमेरिकाका लागि पूर्वसचिव चन्द्र घिमिरे सिफारिस भएका छन् । दक्षिण कोरियाका लागि मानवअधिकारवादी सुशील प्याकुरेल सिफारिस भएका छन् ।
डेनमार्कका लागि सुम्निमा तुलाधर, मलेसियाका लागि नेत्रप्रसाद तिमिल्सिना, बेलायतका लागि बिजन पन्त, साउदी अरेबियाका लागि अबुसुफ्यान खान मुसलमान र स्पेनका लागि पुष्पराज राजकर्णिकार सिफारिस भएका छन् । रास्वापाको कोटाको पछि सिफारिस हुनेछन् ।
भारतका लागि सिफारिस भएका रेग्मी बेलायतका लागि यसअघि राजदूत भएका थिए । केपी ओलीको सरकार परिवर्तन भएपछि फिर्ता हुने सूचीमा उनी परेका थिए ।
अमेरिकाका लागि सिफारिस भएका पूर्वसचिव घिमिरे विगतमा कोलकातास्थित महावाणिज्यदूत पनि बनेका थिए । तुलाधार महिला तथा बालअधिकारको क्षेत्रमा लामोसमयदेखि काम गरेकी व्यक्ति हुन् ।
बेलायतका लागि सिफारिस भएका पन्त विकास मामिला जानकार हुन् । राजकर्णिकार राष्ट्रिय योजनाका पूर्वसदस्य हुन् ।