१४ असार २०८१, बिहीबार
Follow Us

को हुन् बेलायतका लागि नवनियुक्त राजदूत डा. विजन पन्त ? (भिडियो सहित)

नेपालब्रिटेन डट कम्
९ असार २०८१, शनिबार ०४:५२

लण्डन् । सरकारले भारत, अमेरिका र बेलायतसहित ८ देशका लागि नेपाली राजदूत सिफारिस गरेको छ ।

मन्त्रिपरिषद्को शुक्रबार बसेको बैठकले बेलायतका लागि डा. विजन पन्त, भारतका लागि नेपाली राजदूतमा लोकदर्शन रेग्मी र अमेरिकाका लागि चन्द्र घिमिरे सिफारिस गर्ने निर्णय गरेको हो ।

बेलायतका लागि राजदूतमा सिफारिस डा. विजन पन्त सुशील कोइराला प्रधानमन्त्री भएको बेला विकास सल्लाहकार थिए । गोरखाका पन्त अहिले सरकारको नेतृत्वकर्ता दल माओवादी केन्द्रको कोटाबाट राजदूत सिफारिस भएको चर्चा छ ।

पन्तसंग बेलायतस्थित अक्सफोर्ड युनिभर्सिटीको ‘डिपार्टमेन्ट अफ इन्टरनेशनल डेभलप्मेन्ट’ को गरिवी र विकास कार्यक्रमको दक्षिण एसिया प्रमुख भइ काम गरेको अनुभव छ । उनी विकास, अर्थतन्त्र र कूटनीतिका जानकार हुन् ।

यस्तै, दक्षिण कोरियाका लागि सुशील प्याकुरेल, डेनमार्कका लागि सुम्निमा तुलाधर, स्पेनका लागि पुष्पराज रञ्जितकार, मलेसियाका लागि नेत्रप्रसाद तिमल्सिना र साउदी अरबका लागि नेपाली राजदूतमा अबुसुफ्यान खान सिफारिस भएका छन् ।