२५ बैशाख २०८१, मंगलवार
Follow Us

नायिका सुवेक्षाको प्रेमा

नेपालब्रिटेन संवाददाता
१७ आश्विन २०७८, आईतवार ०५:२८

मोडल सुवेक्षा खड्काले नयाँ फिल्म ‘प्रेमा’ मा काम गर्दै छिन् । सुवेक्षा फिल्म ‘रणवीर’ बाट सिनेमा क्षेत्रमा डेब्यू गरेकी थिइन् । उनि ३ बर्षपछि दोश्रो फिल्म ‘प्रेमा’ मा काम गरिरहेकी छिन् । यो फिल्ममा उनी मुख्य भूमिकामा छिन् ।

यो फिल्म छायांकन २ साता अघिदेखि सुरु भएको बताइएको छ । ‘प्रेमा’ लाई ‘रणवीर’ का निर्देशक गोविन्द सिंह भण्डारीले नै निर्देशन गरिरहेका छन् । यो फिल्म ले पनि आफ्नो मुटुमा विशेष स्थान बनाउन सफल भएको सुवेक्षाले उल्लेख गरेकी छिन् । उनले, निर्देशक भण्डारीबाट आफूले धेरै कुरा सिक्न पाएको पनि लेखेकी छिन् ।